सुनको भाउँ २ सयले बढ्यो

काठमाडौं — मंगलबार सुनको मूल्य दुई सयले बढेर तोलको ९२ हजार ६ सयमा कायम छ। अघिल्लो दिन सुन ९२ हजार ४ सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य १२ सय ६५ रुपैयाँमा स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्