खोई हाम्रो सिमानामा पर्खाल सरकार ?

रोशन चाम्लिङ

काठमाडौं — विश्वमै वीर गोरखालीहरुको पहिचान बनाएको नेपालीहरुको शिर अझै पनि उच्च नै छ । अझ भनौँ विश्वमान चित्रमा नेपालको गौरवमय विश्वकै सर्वोच्च शिखर सगरमाथा, शान्तिको प्रतिक गौत्तम बुद्धको देश । विभिन्न जातजाति, भाषाभाषी लगायतको बहुसाँस्कृतिक आयामले भरिपुर्ण हाम्रो देश नेपाल ।  हो म यहि देशको सपुत हुँ ।हाम्रो देश विश्वमा भौगोलिक आधारमा सानो रहेता पनि अहिलेसम्म कुनै पनि देशले हल्लाउन नसकेको राष्ट्र हो नेपाल । दुईढुङ्बीचको तरुल जस्तै चिन र भारतको विचमा हाम्रो नेपाल अवस्थित छ । तथापी हाम्रो देश अरु राष्ट्रसँगको सम्बन्ध निकै नै निटक र सद्भाव, सहिष्णुतामा कायम छ । तर, पछिल्लो समय जुन भारतले आफ्नो देशको राजनीतिक नक्सामा नेपालको केहि जमिनलाई पनि आफ्नो देशको नक्सामा पारेको खबरले नेपाली जन—जनमा दुःखद र खेद प्रकट भईरहेको छ ।

यो सुन्दा मेरो मात्र नभई आम नेपालीहरुको छातिमा रगत उम्लिएर आएको छ । यो निकै नै खेद र आक्रोश प्रकट गर्दछु ।

बिश्वमान चित्रमा बेग्लै पहिचान बनाएको वीर पुर्खाको रगत पशिनाबाट निर्मित र संरक्षित हाम्रो देश नेपाल जहाँ गोैतम बुद्ध शान्तिको धनि संसारमा भातृत्व फेइल्याएको गौरवमय राष्ट्र हो ।

आज हाम्रो कला, साकृति ,रितिरिवाज ,चाड पर्व भेषभुषा, पहिचान, भातृत्व, रास्ट्रियतामाथि विभिन्न नाममा प्रहार भइ रहेका भारतीय विस्तारवादको विरोध गर्नु आवश्यक रहेको छ ।

देशको माटोको रक्षा गर्न रास्ट्रिय स्वधिन्ता र एकतालाई मजबुत बनाउदै स्वभिमान सहितको रास्ट्रियातालाई समृद्धितिर उन्मुख गराउन आम नेपाली नागरिक कर्तव्य हो ।

त्यसैले महान सहिदहरुको सपना साकार पार्न आन्दोलनमा घाइते भएका योैद्दा तथा अपांगहरु प्रत्येक गरिब, किसान, मजदुर, श्रमिक, उधोैगि ब्यबहसायिक, लगायत नेपाली नागरिकहरुको समृद्धि नेपाल निर्माणको परिकल्पनालाई साकार पार्न, देशको माटोको रक्षा गर्न, खुल्ला सिमानाको अन्त्य गर्न सिमानामा पर्खाल लगाउन आजको आवश्यक्ता हो ।

यसैले नेपाल सरकारलाई हामीले साथ त दिनु नै पर्छ तथापी सरकारलाई झकझक्याईरहनु पर्ने छ । जुन षडयन्त्रपुण हाम्रो सिमानामा भारतीयहरुले चलखेल गरिरहेको छ । हामीेले भारतले गरेको सिमा अतिक्रणको विरोध जुन टुंगो नलागाएसम्म विरोध गरिरनु जरुरी छ ।

अहिले कालापानी लिपुलेक र लिम्पियाधुराको बारे पछिल्लो सम जुन कडा रुपमा नेपाली उत्रिए भारतको विरोध गर्दै तर, पछिल्लो समय विरोध कार्यक्रमहरु पनि हराउँदै गईरहेको छ । यसलाई हामीले कुन रुपमा हेर्नु नहेर्ने भन्दा पनि हामी आफै कुनै राजनीतिक दलको नर्भइ स्वतन्त्र रुपमा भारतको विरोध गर्नु जरुरी देखिएको छ । नेपाल सरकारले तत्काल सिमानामा पर्खाल लगाएर भारतसँगको विवादमा सुल्झाउन सचेत गराउँछु ।

आफ्नो भुमिको सिमाना मिचिनी नदिनु, देशको माटोको रक्षा गर्न खुल्ला सिमानामा हुने भिभिन्न क्रीयाकलापहरु लागू ओैसद, तस्करी मानव बेचबिखन, विशेषगरि चेलिबेटी बालबालिकाको बेचबिखन लगायतका गतिविधिहरु रोक्न सिमानाले निकै ठुलो मद्धत पुर्याउनेछ ।

सिमानामा संक्रीय अन्तरास्ट्रिय गिरोहहरुले गर्ने विभिन्न गतिविधिहरु जस्तै जडिबुटी पशुपंक्षी जनवार काठ नक्कली नोटको तस्करी हातहतियार तस्करि हत्या हिंसा अपहरण चन्दा बलात्कार जस्ता आतंक लगायतका गतिविधि रोक्न हाम्रो देशको रास्ट्रिय सुरक्षा, स्वभिमान, समृद्धि रास्ट्रिय अस्मिता लागि भय पनि सिमानामा पर्खाल उठाउ सरकार ।

प्रतिक्रिया दिनुहोस्