पूर्वराष्ट्रपति यादवको विश्लेषणः संविधान, लोकतन्त्र र राष्ट्रियतामा दुरगामी असर

काठमाडौं — पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभा विघटनको कदमले देश अनिश्चितताको बाटोमा गएको बताएका छन् । ष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति यादवले संविधान, लोकतन्त्र र राष्ट्रियतालाई दुरगामी असर पार्ने बताए ।

देश अनिश्चितताको बाटोमा गएको विश्लेषण गर्दै उनले संसद विघटन असंवैधानिक भएको बताएका छन् । पूर्वराष्ट्रपति यादवले अब आशा र भरोसाको संस्था अदालतबाट न्याय हुनेमा अरु लोकतन्त्रवादी जस्तै आफू पनि आशावादी रहेको बताए ।

नेपालको राजनीतिक अवस्थाबारे अन्तर्राष्ट्रिय ध्यान केन्द्रीत भएको भन्दै उनले यस्तो अवस्थामा लोकतान्त्रिक संस्थाहरुले आफ्नो कर्तव्य निर्वाह गर्न सक्नुपर्ने पुर्व राष्ट्रपति यादवको भनाई छ ।

यस्तै, पूर्वराष्ट्रपति यादवले सबै मिलेमा अहिलेको समस्याको समाधान सम्भव हुने बताएका छन् । विसं २०७२ मा स्थापित तेज–तीर्थ ट्रष्टले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा पू्र्वराष्ट्रपति यादवले सबैले आआफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिए । सबैले आआफ्नो जिम्मेवारी बोध गरेमा नै देशको भलो हुने उनको  भनाइ थियो । “अहिलेको संरचना कायम राख्न जनताको काँधमा जिम्मेवारी आएको छ भन्दै उनले आआफ्नो भूमिका निर्वाह गर्न सबैमा आह्वान गरे ।

“सबैको विश्वास अदालतमाथि टिकेको छ, न्याय होला भनेर म पनि आशावादी छुँ”, डा यादवले भने । बिपीको मेलमिलाप नीतिको अहिले पनि महत्व भएको बताउँदै डा यादवले राष्ट्रिय परिस्थिति बिग्रिरहेका अवस्थामा मेलमिलापको नीति अत्यावश्यक भएको उनको भनाइ थियो । अहिलेका अवस्थामा प्रतिपक्षको अवस्था कमजोर देखिएको भनी चिन्ता व्यक्त गर्दै उनले लोकतन्त्रमा पार्टी खम्बाका रुपमा रहने उल्लेख गरे । “अहिलेका अवस्थामा जनता जिम्मेवार हुनुपर्छ, पार्टी झन् जिम्मेवार बन्नुपर्ने हुन्छ”, डा यादवले भने, “अहिलेको अवस्थामा सबै सचेत बन्नुपर्छ । ” स्वस्थ विदेश नीतिको आवश्यकतामा जोड दिँदै उनले राष्ट्रको जगेर्ना गर्न पनि त्यस्तो नीति आवश्यक भएको बताए ।

सो अवसरमा पूर्वराष्ट्रपति डा यादवले ‘मानवाधिकार तथा लोकतन्त्र पुरस्कार’ प्रजातन्त्र सेनानी शिव कङ्गाल, ‘जुजुभाइ नानीमैजु पुरस्कार’ इतिहासकार योगेन्द्रमान श्रेष्ठ र कवयित्री नारायणदेवी श्रेष्ठलाई प्रदान गर्दै पत्रकारितामा योगदान दिएवापत राष्ट्रिय समाचार समिति राससका पूर्वमहाप्रबन्धक निर्मला आचार्य र ‘हाम्राकुरा डटकम’का प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सम्मान गरे । हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा प्रदान गरिँदै आएको उक्त पुरस्कार र सम्मान यस वर्ष कोरोना भाइरसको महामारीका कारण प्रदान गर्न ढिला भएको ट्रष्टले जनाएको छ ।

संसद विघटन प्रकरणः मर्माहित छु, सर्वोच्चको ध्यान पुगोस्

पूर्वराष्ट्रपति डा. यादवले राष्ट्रपति जस्तो संस्थामाथि देशले प्रश्न उठाएको र आफु अत्यन्तै मर्माहत भएको बताएका थिए । नेपाली जनताले आर्शिवाद दिएर पुर्याएको संस्थाको विषयमा यसअघि कहिल्यै पनि टिप्पणी नगरेको बताउँदै पूर्वराष्ट्रपति डा. यादवले प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको सन्दर्भमा उनले ट्विट्रमा यस विषयमा ध्यान पुर्याउन सर्वोच्च अदालतलाई आग्रह समेत गरेका हुन् ।

प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले आफूलाई मर्माहित तुल्याएको उनको भनाई थियो । अब यो विषयमा सर्वोच्च अदालतको ध्यान पुग्नुपर्ने उनले बताए । उनले भनेका छन्, ‘सर्वोच्च अदालतको यो विषयमा ध्यान पुगोस्, ध्यान पुग्नैपर्छ भन्ने विनम्र आग्रह पनि छ ।’

पूर्वराष्ट्रपति यादवले ट्विट्रमा भनेका छन्, ”राष्ट्रपति संस्थामाथि देशले प्रश्न उठाएको छ, यो संस्था देशको अभिभावक हो। नेपाली जनताले आशिर्वाद दिएर पुर्‍याएको संस्थाको विषयमा यसअघि मैले कहिल्यै पनि टिप्पणी गरेको थिइन। आज अत्यन्त मर्माहत भएर यो कुरा भनिरहेको छु। सर्वोच्च अदालतको यो विषयमा ध्यान पुगोस् भन्ने विनम्र आग्रह पनि छ।” यसअघि एक कार्यक्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्यादाअनुसार काम गर्न नसकेको टिप्पणीसमेत गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले भने, ‘राष्ट्रपति संस्थामाथि पनि देशले प्रश्न उठाएको छ, यो संस्था देशको अभिभावक हो। उहाँ आफ्नो भूमिका निर्वाह गर्नबाट चुक्नुभएको छ ।’ संसद विघटन गर्ने सरकारको सिफारिस र त्यसलाई सदर गर्ने राष्ट्रपति निर्णय राजनीतिक, संवैधानिक र नैतिक रूपमा अमिल्दो रहेको उनको भनाई छ । उनले ‘नेपाली जनताले आशीर्वाद दिएर पुर्‍याएको संस्थाको विषयमा यसअघि मैले कहिल्यै पनि टिप्पणी गरेको थिइन, आज अत्यन्त मर्माहित भएर यो कुरा भनिरहेको छु,’ यादवले भने, ‘म मात्रै होइन, तीन करोड जनता मर्माहित भएका छन् ।’

 

प्रतिक्रिया दिनुहोस्