नेपाल संवत् ११४२ ललितपुरको थेचोमा मण्डला प्रतियोगिता हुने

काठमाडौँ — नेपाल संवत् ११४२ को अवसर पारी ललितपुरको थेचोमा मण्डला प्रतियोगिता हुने भएको छ । हरेक वर्ष नेपाल संवतको उपलक्ष्यमा आयोजना हुने मण्डला प्रतियोगिताले यस पटक पनि निरन्तरता पाउने भएको हो । तेस्रो ललितपुर जिल्लाव्यापी रनिङ शिल्ड मन्दः मण्डला प्रतियोगिता यही कार्तिक १९ गते शुक्रबार हुनेछ ।

गोदावरी नगरपालिकास्थित वडा नं १२ साविक ठेचो वडा नं ५ मा हुने उक्त प्रतियोगिता बिहान ९ बजेदेखि ३ बजेसम्म चल्ने आयोजक ले जनाएको छ ।

प्रतियोगितामा ललितपुरका सबै क्षेत्रबाट चयन भएका टिमहरूको सहभागिता रहने जनाइएको छ । सहभागीले मौलिकता झल्किने मण्डला बनाउने र उत्कृष्ट पहिलो, दोस्रो, तेस्रोलाइ पुरस्कार दिइनेछ । प्रथम हुनेले २५ हजार नगदसहित शिल्ड र दोस्रो तथा तेस्रो हुनेले क्रमशः १५ हजार र १० हजार नगद सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

झिझिः पुचःले यस प्रतियोगिताले साँस्कृतिक पक्षलाई अझ जीवन्त बनाउन सहयोग गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्