सिभिल बैंकका अध्यक्ष तथा पूर्व सांसद इच्छाराज तामाङ पक्राउ

काठमाडौं — सिभिल बैंकका अध्यक्ष तथा पूर्व सांसद इच्छाराज तामाङ पक्राउ परेका छन् । उनलाई बैंकिङ कसुरसम्बन्धी घटनामा अनुसन्धानका लागि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जानकारी दिए ।

तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सीआइबीले जनाएको छ । सीआईबीका अनुसार हालसम्म ४६ करोडभन्दा बढी रकम ठगी र हिनामिना भएको उजुरी प्राप्त भएपछि तामाङलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्