ए ‘भ्यालेन्टाइन डे’ तिमीले गर्न खोजेको के ?

रचना : ज्ञान बहादुर लामा

कविता – भ्यालेन्टाइन ‘डे’

ए ‘भ्यालेन्टाइन डे ‘
तिमीले गर्न खोजेको के ?

सारा युवा युवती हरुलाई
पार्क र होटेल देखाउँछौ ।
सोझा सिधाहरुलाई पनि
चुम्मा गर्न सिकाउछौ ॥

सबै अभिभावकहरु को
हृदय तिमी दुखाउँछौ ।
धर्मा संस्कारहरु हाम्रो
सबै घाममा सुकाउँछौ ॥

ए भ्यालेन्टाइन डे
तिमीले गर्न खोजेको के ?

उमेर चालीस नागीसक्यो
अझै बिहे गर्ना मान्दैन ।
आफ्नू रीतिरिवाज सबै
बिर्से गर्न केही जान्दैन ॥

तिमी आउनु अघि सम्म
छोराछोरी सबैकुरा मान्थ्यो ।
हामीले जसलाई रोज्यो
उसैलाई नै मन पराउथ्यो ॥

ए भ्यालेन्टाइन डे
तिमीले गर्न खोजेको के ?
छोराछोरी घरमा छैन
बहिरा बाहिरै बास छ ।
यो राम्रो हुन्न भन्द
हामी प्रति नै हाँस्छ ॥

अति गर्यौ भ्यालेन्टाइन
अब फर्की घरतिरै जाऊ ।
हाम्रो लजालु संस्कार बिगार्न
तिमी कहिल्यै यता नआऊ ॥

ए भ्यालेन्टाइन डे
तिमीले गर्न खोजेको के ?

प्रतिक्रिया दिनुहोस्