हामी भतुवा पुँजीवादमा छौं : खगेन्द्र संग्रौला [भिडियो वार्ता]
काठमाडौं – लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले नेपाल अहिले भतुवा पुँजीवादमा रहेको बताएका छन् ।
मोबाइल पाटी अनलाइनसँग कुराकानी गर्ने क्रममा संग्रौलाले यस्तो बताएका हुन् । कम्युनिष्ट नेतृत्वको सरकारतर्फ संकेत गर्दै संग्रौलाले भने, ‘सरकारले रेल र पानीजहाँजका ठूला कुरा नगरेर ससाना कामहरु गरे हुन्थ्यो । हामी अहिले भतुवा पुँजीवादमा छौं ।
माओको शब्दमा दलाल पुँजीवादमा छौं । यो भतुवा पुँजीवादलाई उत्पादनमुलक बनाइदिए राम्रो हुन्थ्यो । नेपाल कृषिप्रधान देश हो । खाद्यपदार्थमा देशलाई आत्मनिर्भर गरिदिए हुन्थ्यो ।’
उनले नेपालीहरुकै संलग्नतामा भएको समृद्धिले मात्रै नेपालीहरुको भलो गर्ने बताए । कुराकानीका क्रममा संग्रौलाले भने ‘नेपालमा समृद्धिको ठूलो गफ छ । नरेन्द्र मोदीलाई गुहार्ने, रेल पठाइदेउ भन्ने ।
सी चीन फिङलाई गुहार्ने, रेल पठाईदेउ भन्ने । तर, के आधार र कसको संलग्नतामा रेल ल्याउने ? यसको केही योजना छैन । यसले मोदीलाई लाभ हुन्छ । यसले फिङलाई लाभ हुन्छ । यसले सामान्य मान्छेलाई लाभ मिल्दैन ।’
यसै क्रममा संग्रौलाले टिप्पणी गर्दै क्रान्तिका नायक नायक नै प्रतिक्रान्तिका पनि नायक भएको बताए । यसले जनतामा ठूलो निराशा छाएको बताउँदै हिजो सबैभन्दा ठूलो आँधीबेहरी ल्याउने प्रचण्ड पनि खड्ग प्रसादको छायाँ जस्तो भएको टिप्पणी गरे । उनीहरु कम्युष्टि पृष्ठभूमीका भए पनि अहिले दलाल पुँजीपतिका झर्रा प्रतिनिधि भएको टिप्पण्नी गरे।
संग्रौलासँगको पूरा संवाद सुन्न र हेर्न यो लिंक क्लिक गर्नुहोस्ः